Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राखेपले दुई तेक्वान्दो सङ्घ खारेज गरेपछि विवाद

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो सङ्घलाई खारेज गरी नयाँ सङ्घ गठन गरेपछि विवाद सुरु भएको छ ।

राखेपले अस्ति मङ्गलवार तेक्वान्दो, उसु र शारीरिक सुगठन सङ्घ पुनर्गठन गरेको थियो । राखेपले पुनर्गठित नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा सङ्घका पूर्व उपाध्यक्ष प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । यसअघि दुई तेक्वान्दो सङ्घ अस्तित्वमा थिए । खारेज गरिएको सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद देखिएको छ ।

राणा नेतृत्वको सङ्घले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने समेत जनाएको छ । राखेपले पुनर्गठित उसु सङ्घको अध्यक्षमा जनक बर्तौला र महासचिवको जिम्मेवारी नवराज ढुंगानालाई दिएको छ । नेपाल शारीरिक सुगठन सङ्घमा भने सहमतिमा नै कार्यसमिति पुनर्गठन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP