Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै – २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो ।

नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । बङ्लादेशमा हिजोदेखि सुरु भएको च्याम्पियनसिपमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । त्यस्तै भोलि किर्गिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । बङ्लादेश र किर्गिस्तानले ३ अंक जोडेका छन् भने नेपाल र श्रीलंका अंकविहीन छन् । पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलका खेल पुस १० गते तथा फाइनल खेल ११ गते हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP