
पोखरा : स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्यो सिपीले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा गण्डकी-११ लाई सहज रुपमा पराजित गरेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकीमाथि ३-० को सहज जित निकाल्यो।
शुरुवातबाटै गण्डकीविरुद्ध हावी भएको कासेरेन्योका लागि कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले १/१ गोल गरेका थिए। खेलको २३ औं मिनेटमा कार्मेलोको गोलबाट शुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा नै अग्रता दोब्बर पार्ने क्रममा उसले ३० औं मिनेटमा मिगुएलको गोलसँगै खेलमा २-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा उसले थप १ गोल गरेको थियो। उसका लागि ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० को जित दिलाए। नेपालमा २ मैत्रीपूर्ण खेलका लागि स्पेनको दोस्रो डिभिजन टोली नेपाल आएको हो।
अब कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ। स्पेनस्थित नेपाली दूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेशनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया