Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आहा रारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै

पर्वत : पोखरामा जारी २२ औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबिच खेल हुँदै छ। 

प्रि–क्वार्टर फाइनल अन्तरगतको दोस्रो खेलमा यी दुई क्लबहरू दिउसो साढे एक बजे पोखरा रङ्गशालामा भिड्दै छन्।

चर्च ब्वाइजले यस पटकको संस्करणमा निकै राम्रो खेल्दै आहा–रारा गोल्डकपको सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको थियो। 

शुक्रवारको खेलमा चर्च ब्वाइजले पुलिसलाई २–१ ले पराजित गरेको थियो। मच्छिन्द्र क्लबको भने २२ औँ संस्करणको पहिलो खेल आज हो। आजको खेलमा विजेता बन्ने टोलीले सेमीफाइनल खेलमा स्थान पक्का गर्ने छ। 

सेमीफाइनलमा प्रवेश गर्ने अर्को समूह पुस १९ गतेको खेलबाट निधो हुने छ। उक्त दिन मनाङ मर्स्याङ्दी क्लब र भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिकाबिच खेल हुने छ। 

यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ। गोल्डकपको फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ।

पुस २३ गतेसम्म हुने प्रतिस्पर्धामा आयोजक सहारा क्लब, धरान फुटबल क्लब, सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब सहभागी छन्।

पहिलो दिन पुस १४ गते आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबबिच भएको खेलमा पराजित भएपछि सहारा क्लब बाहिरिइसकेको छ। चर्च ब्वाइजसँग पराजित भएको पुलिस क्लब पनि गोल्डकपबाट बाहिरिएको छ। 

आयोजक सहारा क्लबलाई पराजित गरेर गोल्डकपबाट बाहिर पठाएको धरान फुटबल क्लबलाई शनिवारको खेलमा विभागीय एपीएफ क्लबले पराजित गरेको छ।

यस पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ नगद वृद्धि गरिएको छ। 

गत वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाएका भए पनि यो संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP