Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रोनाल्डो भन्छन्- युरोपमा मेरो भूमिका सकियो

काठमाडौं : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भूमिका सम्पन्न भएको बताएका छन्।

साउदी अरेबियामा अल–नासर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए।

 ‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो।’ 

प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको मिसूल पार्कमा फ्यानहरू भेला भएका थिए। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि साउदी अरेबियाको क्लबमा सामेल भएका फरवार्ड सूट लगाएर स्टेडियममा आएका थिए। ‘उनीहरू ९मेरो परिवार० खुसी छन्। जब म मेरो निर्णय लिन्छु, मेरो परिवारले मलाई सधैं समर्थन गर्छ, विशेष गरी मेरा बच्चाहरू र मेरी श्रीमतीले पनि’ उनले थपे ‘म धेरै खुसी छु, हिजोको स्वागत अचम्मको थियो । हामी यहाँ राम्रो महसुस गरेका छौ । मानिसहरू म र मेरो परिवारसँग मायालु छन् त्यसैले म साँच्चै गर्व गर्छु।’ 

क्लबले उनलाई वार्षिक रुपमा २ सय मिलियन पाउन्ड खर्च गर्नेछ। रोनाल्डोको टोली अल–नासर, साउदी प्रो लिगको शीर्षमा छ। उसले ११ खेलमा ८ जित र २ बराबरीका साथ २६ अंक बटुलेको छ । १ खेल कम खेलेको अल–शबाब भन्दा एक अंकले अगाडि छ।

प्रिमियर लिग जस्तै साउदी प्रो लिगको सिजन मेको अन्त्यमा समाप्त हुनेछ। लिगको विजेता एएफसी च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP