Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

श्रीलङ्कासँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला भारतलाई

काठमाण्डाै – श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ । हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा अलआउट भयो । डेब्यु खेलमा नुवानिदु फ्रेनान्डोले सर्वाधिक ५० रन बनाए ।

भारतका कुलदीप यादव र मोहम्मद शिराजले समान तीन विकेट लिए । उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP