Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।

कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । उसका ओपनर फकर जमानले शतकीय पारी खेले । त्यस्तै मोहम्मद रिजवानले ७७ रन बनाए । पाहुना टोलीका टिम साउदीले तीन तथा लकी फर्गुसनले दुई विकेट लिए ।

२ सय ८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाएर भेट्टायो । उसका ग्लेन फिलिप्स, केन विलिम्सन र डेभन कन्भेले अर्धशतक बनाए । फिलिप्सले नटआउट सर्वाधिक ६३ रन बनाए । त्यस्तै केनले ५३ र कन्भेले ५२ रन जोडे । पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP