Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शिक्षामा बजेट कम विनियोजन भएको भन्दै विद्यार्थी संगठनहरुको आपत्ति

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षामा कम बजेट विनियोजन गरिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका छन् । शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्ने विद्यार्थीको माग विपरित ११ प्रतिशत मात्रै बजेट विनियोजन भएको भन्दै उनीहरुले बजेट वृद्धि गर्न माग गरेका छन् ।

निजी विद्यालयलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने योजनाप्रति विद्यार्थी संगठनहरुले गम्भीर आपत्ति जनाउँदै तत्काल सो निर्णय खारेज गर्न माग गरेका छन् । सामाजिक उत्तरदायित्वको नाममा गरिएको सो व्यवस्था कुनै पनि हालतमा शैक्षिक सुधारको पाटो हुन नसक्ने उनीहरुको भनाई छ ।

यसैगरी निजी विद्यालयहरुले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गरी पठनपाठन सञ्चालन गर्ने भनेको प्रति पनि आफूहरुको ध्यानाकर्षण भएको विद्यार्थी संगठनहरुले जनाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल पाँचौँ, राष्ट्रिय विद्यार्थी संघ, राप्रविसंघ, राप्रविसंघ (संयुक्त) र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP