Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्युजिल्यान्डसँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा न्युजिल्यान्डको इतिहासकै खराब हार


काठमाण्डाै – न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए । आफ्नो इतिहासकै खराब हार बेहोरेको न्युजिल्यान्डका ९ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम् माभीले समान २/२ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय २६ रनको अविजित शतकीय पारी खेले । न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र डर्याल मिचेलले समान १/१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP