यू–१९ विश्वकप एसिया छनोट : आज नेपाल र कुवेत भिड्ने


काठमाडौं : आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। यूएईमा जारी प्रतियोगितामा नेपाल
र कुवेतबीचको खेल बिहान पौने ११ बजे सुरु हुने छ।

पहिलो खेलमा उत्कृष्ट जित हात पारेको नेपाल आज लगातार दोस्रो जितको लक्ष्यमा छ। नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो। हङकङसँग पराजित भएको कुवेत पहिलो जितको खोजीमा रहने छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ।

नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसँंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP