वर्षाले केपी ओली कपका खेल स्थगित


काठमाडौँ : राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो।

दोस्रो हाफको खेल सोमवार बिहान ११ बजेलाई तय गरिएको छ। सोमवारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ।

दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ। खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागी छन्। प्रतियोगिताका विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP