Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पिएनजीसँग पराजित भयो युएई‚ हारले एकदिवसीय मान्यता धरापमा


काठमाडौं : आइसिसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग शुक्रबार युएईले ५६ रनले पराजय बेहोरेको छ। पिएनजीसँगको हारले युएईको एकदिवसीय मान्यता धरापमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै युएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।

शीर्ष ५ स्थानमा रहन युएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्नेछ। युएई लगातार पराजित भए अमेरिकालाई फाइदा पुग्नेछ। सबै खेल खेलेर ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ। ३४ अंकसहित नेपाल पाँचौं र ३१ अंक जोडेको युएई छैटौं स्थानमा छ।

पहिलो खेलमा नेपालसँग पराजित पिएनजीले आज भएको दोस्रो खेलमा युएईलाई ५६ रनले हराउँदै पहिलो जित निकालेको हो।

जितका लागि पिएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमै समेटियो। युएईका आर्यन लाक्राले सर्वाधिक ५१ रन र कप्तान मुहम्मद वसीमले ४२ रन जोडे। ब्याटिङका क्रममा युएईका खेलाडीले राम्रो सुरुवात गरे पनि पिएनजीका बलरसामु टिक्न सकेनन्।

युएईलाई सस्तेमा समेट्ने क्रममा राइली ह्याकुरेले सर्वाधिक ३ विकेट लिए। कप्तान असद भाला र सेमो कामियाले २/२ विकेट बाँडे।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो।

पिएनजीका लागि तीनजना खेलाडीले अर्धशतक प्रहार गरे। सेसे बौले अविजित रहँदै सर्वाधिक ८१, हिरी हिरीले ७७ तथा किप्लिन डोरिगाले ५५ रन हिर्काए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP