Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लिग-२ : शृंखलामा युएईको पहिलो जित‚ पिएनजी ६ विकेटले पराजित


काठमाडौं : कप्तान मोहम्मद वसिमको शतकीय इनिङको सहयोगमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ६८ बल खेल्नुअगाडि नै भेट्टाएको हो। यससँगै युएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ।

पिएनजीले पूरै ५० ओभर खेलेर ७ विकेटमा दिएको लक्ष्य पछ्याउने क्रममा वसिम एक्लैले १ सय १९ रनको विस्फोटक इनिङ खेले। ओपनिङमा मैदान प्रवेश गरेका उनले ७६ बलको सामना गरेर १२ छक्का र ६ चौका हान्दै युएईको इनिङ उकासेका थिए। उनले ६० बलमै शतक पूरा गरे। उनी म्यान अफ द म्याच घोषित भए।

उनले लिग–२ को एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत बनाए। यसअघि नामिबियाका जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो।

जवाफी ब्याटिङ गरेको युएईले २४ रनमा नै पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट गुमाउँदा १ सय ४९ रन बनाएको थियो। ​वृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए। आयान खान २७ रनमा आउट भए।

बलिङतर्फ पिएनजीका लागि राइली हेकुरेले २ तथा कबुअ मारिया र जोन कारिकोले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले पूरै ५० ओभर खेलेर २ सय ३४ रन बनायो। शुरुवात खराब भए पनि पिएनजीको इनिङलाई मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए।

कप्तान असद भालाले अर्धशतकीय इनिङ खेलेका थिए। भालाले ९२ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६५ रन जोडे।

नर्मन भानुआले ३१ बलमा ५ छक्का र १ चौकाको मद्दतमा अविजित ४९, राइली हेकुरेले ३३, किप्लिङ डोरिगाले २४, चार्ल्स अमिनीले २२ र गौडी टोकाले १५ रन बनाउँदै पिएनजीको स्कोर सम्मानजनक बनाए। सातौं विकेटका लागि भानुआ र हेकुरेले ७२ तथा चौथो विकेटका लागि भाला र अमिनीले ५३ रनको साझेदारी गरेका थिए।

युएईका लागि हजरत बिलालले ४ तथा रोहन मुस्तफा र जवार फारिदले १/१ विकेट लिए।

युएई अघिल्ला २ मध्ये पहिलो खेलमा पिएनजीसँग र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो। यससँगै पिएनजीले लिग–२ मा खेल्ने सबै खेल सकिएका छन्। पिएनजीले कुल ३६ खेल खेल्दा ५ खेलमा जित, ३० खेलमा पराजय र १ खेल बराबरीमा सकियो।

लिग–२ को अन्तिम खेल बिहीबार घरेलु टोली नेपाल र युएईबीच हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP