Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ललितपुर वुमन्स टी–२० : कोशी प्रदेशको दोस्रो जित


काठमाडौं : ललितपुर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगितामा कोशी प्रदेशले दोस्रो जित निकालेको छ।

सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो अन्तरले हराउँदै कोशीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

जितका लागि सुदूरपश्चिम प्रदेशले दिएको ८३ रनको सामान्य लक्ष्य कोशीले १५ दशमलव ३ ओभरमा एक विकेटमात्र गुमाएर पूरा गर्‍यो। कोशीको जितमा काजल श्रेष्ठले अविजित ४० रनको योगदान गरिन्। कप्तान रुबिना क्षत्रीले २८ तथा अप्सरी बेगमले ४ रन जोडिन्।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ८२ रनमै अलआउट भयो। सुदूरपश्चिमकी कप्तान विन्दु रावलले सर्वाधिक ३० तथा सम्झना खड्काले १६ रन जोडे। रितु कनौजियाले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कोशीका रुबिना क्षेत्री र अप्सरी बेगमले ३्/३ विकेट लिए।

कोशीले अब मंगलबार मधेश प्रदेशसँग खेल्नेछ। मंगलबारको खेलबाट फाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ। कोशीले मंगलबार मधेशलाई पराजित गरे सीधै फाइनल पुग्नेछ।

मधेशले कोशीलाई पराजति गरे पनि नेट रनरेटका आधारमा सुदूरपश्चिमभन्दा पछाडि रहेकाले गणितीय समीकरण कुर्नुपर्नेछ।

आजै भएको अर्को खेलमा हार बेहोर्दै ललितपुर मेयर्स–११ प्रतियोगिताबाट बाहिरिएको छ। आज भएको खेलमा मधेश प्रदेशसँग १ विकेटले पराजित भएसँगै ललितपुर मेयर्स–११ प्रतियोगिताबाट बाहिरिएको हो।

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको मधेशले ४ बल अगावै ९ विकेट गुमाएर भेट्टायो। मधेशको जितमा सरस्वतीकुमारी चौधरीले अविजित रहँदै सर्वाधिक ३२ रनको योगदान गरिन्। अलिसा यादवले १६ तथा सीमा कुँवरले १५ रन जोडे।

प्रतियोगितामा पहिलो जित पाएको मधेशले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।

ललितपुरकी सोनी पाख्रिनले सर्वाधिक ३४ तथा लक्ष्मी चौधरीले २३ रन जोडे। सृष्टी जैशीले १५ रनको योगदान गरिन्।

जारी प्रतियोगितामा एपिएफ ६ अंकका साथ एक खेल खेल्न बाँकी रहँदै फाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP