Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एसीसी प्रिमियर लिगका लागि २१ सदस्यीय नेपाली टोलीको घोषणा


काठमाडौं ः घरेलु मैदानमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहान प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।

राष्ट्रिय टिमा देव खनालको पुनरागमन भएको छ। नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।​ खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा संचालन हुनेछ।

२४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते हुनेछ। प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए‘ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन्। नेपालले आफ्नो पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP