
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा उक्त सम्मेलन हुन लागेको हो।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रका अनुसन्धाता, जनसंख्याविद् तथा नीति निर्मातालाई एकै ठाउँमा संलग्न गराई स्वास्थ्य क्षेत्रमा आवश्यक नीति निर्माणमा सहयोग गर्न सम्मेलनको आयोजना गरिएको हो।
‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने मूल नाराका साथ हुने सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत हुने परिषद्का सदस्यसचिव ज्ञवालीले जानकारी दिए।
योपटक सम्मेलनमा वैज्ञानिक कमिटीले तयार पारेको मापदण्डअनुसारका विधा वातावरणीय स्वास्थ्य तथा जनलवायु परिवर्तन, स्वास्थ्य प्रणाली तथा परिवर्तन‚ आकस्मिक जनस्वास्थ्य र क्लिनिकल रिसर्च एण्ड बायोइथिक्स जस्ता विधाका अनुसन्धान पेश गरिने समेत डा. ज्ञवालीले बताए।
‘योपटकको सम्मेलनमा हालसम्म जनस्वास्थ्य सम्बन्धित १३७ वटा मौखिक प्रस्तुतीकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण गर्नका लागि २०१ अनुसन्धान निचोड प्राप्त भएको छ’‚ डा. ज्ञवालीले भने।
सम्मेलनमा एक दर्जनभन्दा बढी व्यक्तिलाई विज्ञका रूपमा प्रस्तुतीकरणका लागि आमन्त्रित गरिएको छ। सम्मेलनमा दुईवटा प्लेनरी सेसन, ९ वटा प्यारालल सेसन रहने बताइएको छ।
परिषद्ले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर सम्मेलन गर्दै आएको छ। सम्मेलनमा प्रस्तुत उत्कृष्ट मौखिक प्रस्तुतीकरण र पोष्टर प्रस्तुतीकरणमध्ये एक-एकजनालाई उत्कृष्ट अवार्ड समेत प्रदान गर्दै आएको छ।
परिषद्ले स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना चिकित्सा कोष‚ युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सक), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल दृष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारी), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेका एकजना अनुसन्धातालाई लाइफ टाइम एचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिनेछ।
साथै परिषद्मा उत्कृष्ट काम गर्ने एकजना स्थायी कर्मचारीलाई बेष्ट पर्फर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ।
योपटकको सम्मेल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया