Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल-भियतनाम फुटबल : खेल जित्ने अपेक्षासहित खेल्ने प्रशिक्षक थापाको भनाइ


काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिलाको एशिया छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग जितका लागि खेल्ने बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा मंगलबार आयोजित खेलअघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै जितका लागि खेल्ने बताए।

बलियो टोलीविरुद्ध खेल्दा अनुभवी खेलाडीद्वय गीता राना र प्रीति राई चोटका कारण मैदान बाहिर रहे पनि टोलीमा अन्य राम्रा खेलाडी भएको र उनीहरुको अनुपस्थितिमा पनि टोलीले राम्रो खेल्ने उनले बताए।

पछिल्लो पटक भारतसँगको मैत्रीपूर्ण खेलमा हासिल गरेको उपलब्धिले टोलीमा खेलाडीलाई निकै सकारात्मक वातावरण मिलेको र उक्त खेलबाट टोलीको सबल र दुर्बल दुवै पक्ष निर्धारण भइ सुधार्ने प्रयास गरेको प्रशिक्षक थापाले बताए। भियतनामसँग हुने २ खेलबाट नेपाली टोली राम्रो टोली भएको प्रमाणित गर्ने अवसरसमेत भएको उनले भने।

नेपाली टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको टोली भियतनामसँग प्रशिक्षकले भनेजस्तै अन्तिम समयसम्म सुखद् नतिजा निकाल्न प्रयास गर्ने बताइन्।

कप्तान एञ्जिलाले फुटबल अनिश्चित खेल भएको र यसअघि पनि ओलम्पिक खेलमा बलियो म्यानमारविरुद्ध खेल्दा बराबरी खेलेको स्मरण गर्दैै राम्रो खेल्ने बाचा गरिन्।

फिफा वरीयतामा माथिल्लो स्थानमा रहे पनि फुटबलमा जित असम्भव नहुने भन्दै एञ्जिलाले अन्तिम समयसम्म सुखद् नतिजाका लागि खेल्ने बताइन्। घरेलु मैदानमा आयोजना हुने खेलमा आफ्नो टोली जित्नकै लागि नै खेल्ने बताइन्।

उता फिफा विश्व वरीयताको ३३ औं स्थानमा रहेको भियतनामले नेपालमा हुन लागेको छनोट खेलका २ खेल जित्नकै लागि आएको बताएको छ। खेलअघिको पत्रकार सम्मेलनमा भियतनाम टोलीकी कप्तान हुइङ निङले नेपालविरुद्ध हुने खेल जित्नकै लागि भ्रमणमा आएको बताइन्।

प्रतिष्पर्धा गर्ने टोलीको वरीयता जुन कुनै अवस्थामा रहे पनि सम्मान गर्दै खेल्नेसमेत कप्तान हुइङ निङले बताइन्।

भियतनामका प्रशिक्षक माइ डक चुङले लामो यात्रापछि नेपालमा आएर फुटबल खेल्न आफ्नो टोली उत्साहित भएको बताए। उनले नेपाली टोलीसँग यसअघि कहिल्यै पनि नखेलेको तर राम्रो खेल्ने सुनेको भन्दै घरेलु टोलीविरुद्ध जित निकै महत्वपूर्ण हुने बताए ।

नेपाली टोलीमा स्ट्राइकर सावित्रा भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत उनले बताए।

नेपालमा आयोजना हुन लागेको छनोट खेलका लागि सोमबार पाहुना टोली भियतनाम नेपाल आइपुगेको छ। नेपाल र भियतनाम सम्मिलित टोलीमा प्यालेस्टाइन र अफगानिस्तान रहे पनि अन्तिम समयमा २ टोलीले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि २ टोलीबीचमात्र प्रतिष्पर्धा हुन लागेको हो।

छनोटअन्तर्गत समूह सी मा नेपाल र भियतनामले प्रतिष्पर्धा गर्न लागेका हुन्। छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

पहिलो खेल नेपालले भियतनामसँग चैत २२ र २५ गते खेल्नेछ। दुवै खेल साँझ ६ बजे शुरु हुनेछन्। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP