Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रतिबन्धित औषधिको बिक्री बढ्यो : औषधि व्यवसायी


काठमाडौँ : औषधि व्यवसायीले औषधि व्यवसायीलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन्।

शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै व्यवसायीले यस्तो माग राखेका हुन्। कार्यक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमै औषधि पसल बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने गुनासो गरे।

उनले बीमामा औषधि व्यवसायीलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे। अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीमा इन्स्योरेन्सको समस्या धेरै बढेको छ। इन्स्योरेन्सको कारणले गर्दा हाम्रो व्यवसायीको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको छ। सबै नेपाली यो इन्स्योरेन्समा जोडिनुपर्छ। सरकार उपस्थित नभएको ठाउँमा हामी व्यवसायीले सेवा दिइरहेका छौँ, सरकारको पनि उद्देश्य भनेको पीपीएम छ भने इन्स्योरेन्सको पोलिसीमा हामी औषधि व्यवसायीलाई किन संलग्न गराउन नसक्ने? बीमा समितिसँग वा अरू मन्त्रालयसँग कुरा गर्ने हो कि त्यससँग लबिङ गरेर औषधि व्यवसायीलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा हाम्रो औषधि पसल बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ। औषधि व्यवसायीलाई पनि इन्स्योरेन्समा सहभागी गराइयोस्, हाम्रो व्यवसाय सुरक्षित गरियोस्।’

कार्यक्रममा औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीलाई घटाई व्यवस्थित गर्नुपर्ने बताए। उनले औषधि पसल नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ। अमेरिकामा भन्दा पनि धेरै घनत्व छ। १८ सयजना बराबर एउटा फार्मेसी रहेछ। यस्तो कतै पनि हुँदैन। औषधि पसल भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ। यो एउटा उपभोग्य वस्तु भए पनि यो अन्य किसिमका वस्तु जस्तो होइन। त्यसैले यसमा राज्यले सोच्नुपर्ने हुन्छ, यसलाई कसरी हामी कम बनाई व्यवस्थापन गर्ने। यो प्रवृत्ति हामीले हटाउनुपर्छ। यससँगै विकृति बढेका छन्। कतिपय अमर्यादित रूपमा पनि औषधि व्यवसाय सञ्चालन भइरहेको देखिएको छ। विभिन्न रोक लगाइएका औषधि गैरकानूनी रूपमा बेच्ने, यो प्रकृति बढेको छ। यसलाई निरुत्साहित गर्नुपर्छ। यसमा राज्यले मात्रै सक्दैन। तपाईंहरू पनि जागरुक हुनुपर्छ। औषधि फार्मेसी पसललाई कसरी घटाउने र कसरी बढीभन्दा बढी सेवामुखी भावना र व्यावसायिक रूपले अघि बढ्न सकिन्छ।’

औषधि व्यवसायी केसीले फार्मेसीमा विकृति धेरै बढेको बताए। उनले अमर्यादित रूपमा व्यवसाय सञ्चालन भइरहेको उल्लेख गरे। उनले रोक लगाइएका औषधि गैरकानूनी रूपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP