Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजनमा आजदेखि आठौं चरणका खेल


काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज आठौँ चरणको खेल सुरु हुँदै छन्।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल च्यासल स्टेडियममा दिउँसो २ बजे सुरु हुनेछ।

मच्छिन्द्र सात खेलबाट नौ अंक जोड्दै तालिकाको नवौँ स्थानमा छ। खुमलटारविरुद्ध मैदान उत्रदा मच्छिन्द्र लिगमा लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। उसले अघिल्लो खेलमा संकटा क्लबलाई २–१ गोलले पराजित गरेको थियो।

खुमलटार सात अंकका सात दशौँ स्थानमा छ। पछिल्लो खेलमा उसले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो।

आजै हुने अर्को खेलमा जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्। यो खेल २ बजेनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

सातौ चरणको खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग तीन–तीन गोलको रोमान्चक बराबरी खेलेको थियो। नौ अंक जोडेको आर्मी आठौँ स्थानमा छ। १४ अंकका साथ जावलाखेल दोस्रो स्थानमा छ। यदि आज जित हात पारे जावलाखेल तालिकाको शीर्ष स्थानमा उक्लनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP