आन्द्रे रुबलेभले जिते मोन्टे कार्लो मास्टर्सको उपाधि


काठमाडौं : आन्द्रे रुबलेभले मोन्टे कार्लो मास्टर्सको उपाधि जितेका छन्।

रुसी खेलाडी रुबलेभले फाइनलमा डानिस खेलाडी हेल्ग रुनीलाई २–१ को सेटमा हराउँदै उपाधि जितेका हुन्।

फ्रान्सको मोनाकोमा भएको खेलमा उनले एक सेटले पछि परेको अवस्थामा खेलमा पुनरागमन गरेका हुन्।

१९ वर्षीय रुनले पहिलो सेट सात पाँचले जितेका थिए। त्यसपछिको सेटमा उत्कृष्ट प्रदर्शन गरेका रुबलेभले ६–२ को जित हात पारे।

तेस्रो सेटमा पनि २५ वर्षीय रुबलेभलाई युवा खेलाडी रुनले कडा चुनौती दिएका थिए। यो सेट ७–५ ले जितेर रुबलेभले करियरको सबैभन्दा प्रतिष्ठित उपाधि उचाल्न सफल भएका हुन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP