
काठमाडौं : राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गरेको हो।
युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए। कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए।
युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले ३/३ विकेट लिए भने जाहोर खान, रोहन मुस्तफा, सचित शर्मा र आयान खानले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको थियो।
युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्तफाले शतक प्रहार गरे। अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्काको मद्दतमा ११८ रन बनाए। आसिफ खानले ३० रन जोडे।
कुवेतका लागि शाहरुख क्युदुस र प्रविन्द्र कुमारले २/२ विकेट लिए भने यासिन पटेल र सायद मोनिबले १/१ विकेट लिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया