आईपीएल क्रिकेट : चेन्नईद्वारा हैदरावाद ७ विकेटले पराजित

९ बैशाख, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सनराइज हैदरावादलाई ७ विकेटले हराएको छ।

चेन्नईस्थित एम ए चितम्बरम स्टेडियममा गएराति भएको खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नइका लागि देवोन कन्वेले सर्वाधिक ७७ रन बनाउँदै अविजित रहे। रितुराज गइक्वाडले ३५ रन जोडेर रन आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

हैदरावादका लागि मयंक मार्कण्डेले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराईजर्स हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३४ रन बनाएको थियो।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाए भने राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, कप्तान एडेन मार्क्रमले १२ हेइनरिच क्लासेन र मार्को जानसेनले १७–१७ रन बनाए। त्यसैगरी चेन्नईका बलर रविन्द्र जडेजाले ३ विकेट लिए भने आकाश सिंह, महीश थीकशना र मथीशा पाथिरानाले एक–एक विकेट लिए।

६ खेलमा चार जित निकालेको चेन्नई आठ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा दुई जित निकाल्दै चार अंक जोडेको हैदरावाद नवौँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP