
१५ बैशाख, काठमाडौं : एएफसी यू–१७ महिला च्याम्पियनसिप छनोट फुटबल अन्तर्गत नेपालले जोर्डनसँग खेल्दैछ।
शुक्रबार साँझ पौने ७ बजे सुरु हुने खेलमा नेपालले प्रिन्स मोहमद स्टेडियममा घरेलु टोलीको सामना गर्न लागेको हो। पहिलो खेलमा बुधबार इरानसँग पराजित भएको महिला टोली जोर्डनलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।
यो खेलमा जित निकाल्न नसके नेपालको दोस्रो चरण प्रवेशको ढोका बन्द हुनेछ। नेपाल रहेको समूह एचमा जोर्डन र इरान छन्। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया