
१७ बैशाख, काठमाडौं : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन्।
लिगको १३ औं चरण अन्तर्गत आज हुने अन्तिम चार खेलहरुमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल दिउँसो १ बजे शुरु हुनेछ। संकटा क्लब र जावलाखेलबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो। दुई टोलीबीचको खेल ५१ औं मिनेटमा स्थगित भएको थियो। संकटाविरुद्ध जावलाखेल १–० ले अघि रहेको छ।
संकटा आज पाँचौं जितको खोजीमा हुँदा जावलाखेल आठौं जित निकाल्न चाहन्छ। सोही खेल मैदानमा दिउँसो साढे ३ बजे चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
चर्च ब्वाइज र मनाङ मस्र्याङदीबीचको खेल हिजै रंगशालामा हुने तय भएपनि भारी वर्षा र चट्याङका कारण खेल स्थगित भएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे ४ बजे हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुने एन्फाले जनाएको छ। हिजो दुई टोली बीचको खेल मौसमका कारण ७१ औं मिनेटमा रोकिएको थियो।
हिमालयन र आर्मी १–१ गोलको बराबरीमा रहेका छन्। हिमालयन आज चौंथो र आर्मी छैठौं जितको योजनामा हुनेछ । दशरथ रंगशालामै साँझ ६ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको मछिन्द्र पाँचौं जित निकाल्ने योजनामा हुनेछ। सातदोबाटो सातौं जितको खोजीमा हुनेछ। सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया