
१८ बैशाख, काठमाडौं : ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
आइपीएल इतिहासको एक हजार खेलमा मुम्बईले राजस्थान ६ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
मुम्बईका लागि सुर्यकुमार यादवले ५५ रनको अर्धशतकीय ईनिङ खेले।क्यामरुन ग्रीनले ४४ रन बनाए। इशान किशनले २८ रन बनाए। टिम डेबिडले अविजित ४५ रन बनाए।
राजस्थानका लागि रविचन्द्र आश्विनले २ तथा ट्रेन्ट बोल्ड र सन्दीप शर्माले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। राजस्थानका लागि ओपनर यसश्वी जैसवालले १ सय २४ रनको शतकीय इनिङ खेले। जैसवालले ५३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए। आईपीएलमा उनको यो पहिलो शतक हो।
कप्तान सन्जु सामसनले १४ रन बनाए। ओपनर जस बटलरले १८ रन बनाए । जेसन होल्डरले ११ रन बनाए।
मुम्बईका लागि अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए। रिलि मेरिडेथ र जोफ्रा आर्चरले समान १/१ विकेट लिए।
आठौं खेलमा चार जित तथा चार हार व्यहोरेको मुम्बई लिगको सातौं स्थानमा उक्लिएको छ। नौ खेलमा पाँच जित र चार हारका साथ राजस्थान अंक तालिकाको तेस्रो स्थानमा कायम रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया