Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए लिग : चर्च ब्वाइज र एपिएफको जित

२७ बैशाख, काठमाडौँ : साविक विजेता मच्छिन्द्र फुटबललाई २-१ गोलले पराजित गर्दै चर्च ब्वाइज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा विभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–० हो सहज जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खेलमा प्रदीप भण्डारीले ७१ औं मिनेटमा गरेको गोलको सहयोगमा यसै सिजन बढुवा भएको चर्च ब्वाइजले साविक विजेता मच्छिन्द्रमाथि रोमाञ्चक जित निकालेको हो।

यो जितसँगै चर्च ब्वाइज जारी लिगको शीर्ष स्थानमा फर्किएको छ। चर्च ब्वाइजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो। चर्च ब्वाइजले १६ खेलमा ३० अंक बनाउँदै दोस्रो स्थानको जावलाखेललाई ३ अंकले पछि पारेको हो। जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ। मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ।

निकै प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई स्पष्ट जित दिलाउन अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको हो। मच्छिन्द्रका लागि ओमोलाजा करिमले पेनाल्टीमार्फत बराबरी फर्काए पनि मच्छिन्द्र बाँकी समयमा सम्हालिएको प्रदर्शन गर्न असफल भएको थियो।

चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मच्छिन्द्रविरुद्ध चर्च ब्वाइज हावी देखिएको थियो। खेलको ४० औं मिनेटमा अञ्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत जाली चुमाउन सफल भएका थिए।

दोस्रो हाफको ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अञ्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएपछि चर्च ब्वाइजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुगेको थियो।

खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पायो। ओमोलाजा नुरेन करिमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए। ७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुनः अग्रता लिन सफल रहयो। कमल श्रेष्ठको कर्नर प्रहारमा
मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी नियन्त्रण लिने प्रयास गर्दा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भएको थियो।

नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदीपले शुरुवातदेखि पोस्ट सम्हालेका थिए। त्यसपछि बाँकी समय पनि चर्च ब्वाइजले केही अवसर पाए पनि सदुपयोग गर्न असफल नै रह्यो।

यस्तै लिगअन्तर्गतकै अर्को खेलमा विभागीय डर्बी भिडन्तामा एपिएफले बाजी मारेको छ। आर्मीमाथि उत्कृष्ट खेल देखाएको एपिएफले ३-० को सहज जित निकाल्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ४१ औं मिनेटमा अर्माण्ड बिडोमले एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए।

बिडोमले गोलकिपर विकेश कुथुलाई बिट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षकले रोक्ने प्रयास गरे बलले गोलको दिशा लिएको थियो। ५४ औं मिनेटमा आभास लामिछानेले टोलीको अग्रता दोब्बर बनाएको खेलको ६२ औं मिनेटमा कप्तान नवीन लामाले गोल गर्दै एपिएफलाई ३–० को सहज जित निश्चित गरेका हुन्।

योसँगै एपिएफले आर्मीविरुद्ध लिग दोस्रो लेगमा पनि आर्मीलाई पराजित गरेको छ। पहिलो लेगमा एपिएफ १-० ले विजयी भएको थियो।

जितसँगै एपिएफ १६ खेलमा ६ जित, चार बराबरी र ६ हारको नतिजासहित २२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। पराजय व्यहोरेको आर्मी समान खेलमा पाँच जित, ६ बराबरी र पाँच हारको नतिजासहित २१ अंक जोडेर सातौं स्थानमा झरेको छ।

लिगअन्तर्गत बिहीवारदेखि १७ औं चरणका खेल हुनेछन्। १७ औं चरणअन्तर्गत बिहीवार एक खेल फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP