Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काभा महिला भलिबल आजदेखि, नेपालको पहिलो खेल कीर्गिस्तानसँग


८ जेठ, काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

उद्घाटन खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। डिफेन्डीङ च्याम्पियन नेपालले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

नेपाली टिमकी कप्तान अरुणा शाहीले नेपालको तयारी राम्रो भएको बताइन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अरुणाले नेपालले उपाधिमा हृयाट्रिक गर्ने विश्वास राखेकी हुन्। नेपालले बंगलादेशमा सम्पन्न यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा आज बिहान श्रीलङ्का र उज्वेकीस्तानले प्रतियोगिताको पहिलो खेल खेल्नेछन्।

खेल बिहान साढे ९ बजेपछि सुरु हुनेछ। १२ बजे बंगलादेश र भारतबीच खेल हुने छ। दिउँसो साढे २ बजे प्रतियोगिताको उद्घाटनको तयारी गरिएको छ। उद्घाटन समारोहपछि नेपालले अपराह्न साढे चार बजे कीर्गिस्तानसँग खेल्ने छ। आजको अन्तिम खेलमा राति ७ बजे माल्दिभ्स र काजखस्तानबीच प्रतिस्पर्धा हुनेछ।

लिगकम नकआउटको आधारमा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, बंगलादेश, भारत र कीर्गिस्तान समूह ए मा छन् भने उज्वेकिस्तान, श्रीलङ्का, माल्दिभ्स र काजखस्तान समूह बी मा छन्।

एसियन रिजनमा रहेका ६ टिम आइतबार र माल्दिभ्स शनिबार नेपाल आइपुगेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP