मलेसियाविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने


२१ जेठ, काठमाडौं : मलेसियाविरुद्ध सिरिजको निर्णायक खेलमा नेपालले टस जितेको छ र बलिङ गर्ने निर्णय गरेको छ। पाँच खेलको सिरिज दुई–दुईको बराबरी छ ।

खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। नेपाल अन्तिम खेल जित्दै सिरिज उपाधि जित्ने लक्ष्यमा छ। हिजो भएको खेलमा ४ विकेटले पराजित भएपछि नेपाल एक खेलअगावै च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो।

पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित हात पारेको थियो। तर घरेलु टिमले चौथो खेलमा रोमाञ्चक जित हात पार्दै नेपाललाई रोकेको हो।

एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपालका लागि पहिलोपटक पाँच खेलको टी–ट्वान्टी सिरिज जित्ने मौका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP