Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल तुर्किमिनिस्तानसँग पराजित


८ असार, काठमाडौं :किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो ।

तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो तर त्यसपछिको सबै सेट तुर्किमिनिस्तानले आफ्नो पक्षमा पार्‍यो । तुर्किमिनिस्तानले खेलको तेस्रो सेट २६–२४ ले जित्यो भने खेलको चौथो सेट २५–२० सहित विजयी भयो ।

जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो। यसअघि नेपालले पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानको ए टोली र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो। अब नेपालले आफ्नो पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग भोलि खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP