Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

साफ च्याम्पियनसिप : नेपाल-पाकिस्तान भिड्दै


१२ असार, काठमाडौं : साफ च्याम्पियनसिप फुबलको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनल होडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।

भारतको बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने चार बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

समूह ‘ए’ अन्तगर्त आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले हारेको थियो। भारतसँग २–० ले पराजितको नेपाली राष्ट्रिय टोलीएक खेल अघि नै बाहिरिएको हो। नेपाल सन् २०१५ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।

यता भारत र कुवेत दुवैसँग समान नतिजा ४–० ले हारेको पाकिस्तान पनि अन्तिम खेलमा जित निकाल्न चाहन्छ। युरोपेली लिग खेल्ने ९ भन्दाबढी खेलाडी रहेको पाकिस्तानले सोचे अनुरुप भने नतिजा हात पार्न सकेन्।

साफमा यी दुईबीच सन् २०१८ पछि पहिलो पटक भेट हुन लागेको हो। बंगलादेशको बंगबन्धु रंगशालामा भएको भेटमा पाकिस्तान २–१ गोलले विजयी भएको थियो। त्यसपछि प्रतिबन्ध झेलेको पाकिस्तानले अघिल्लो वर्ष नेपालसँग मैत्रीपूर्ण खेल खेल्दै अन्तर्राष्ट्रिय खेलमा कमब्याक गरेको थियो।

नेपालमा भएको उक्त खेलमा घरेलु टोली १–० गोलले विजयी भएको थियो। समूह ‘ए’ बाट भारत र कुवेतले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

आज राति पौने ८ बजे सोही स्थानमा हुने खेलबाट समूह विजेता र उपविजेता टुंगो लाग्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP