Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफामा डाक्टरको टोली पुगेर उपचार शुरु

कालीकाेट – थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा डाक्टरको टोली पुगेको छ । तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको छ ।

हिजो ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । स्वास्थ्य जाँच शिविर आज पनि चल्नेछ । एक हप्तादेखि फैलिएको रोगबाट १३ वर्षीया कर्मा थापाको ज्यान गएको थियो । गाउँभरि बिरामी छन् । बिरामी हुनेमा महिला र बालबालिका धेरै छन् । बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा. टङ्कप्रसाद आचार्यले जानकारी दिनुभयो ।

ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको र त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने उहाँको भनाइ छ । लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुन सक्ने उहाँले बताउनुभयो । गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताउनुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP