Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्पेनका महिला फुटबलरले फेरि पनि गरे राष्ट्रिय टोली बहिष्कार


२ असोज, काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।

गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन्।

गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडीले संयुक्तरुपमा राष्ट्रिय टोली बहिष्कार गर्ने घोषणा गरेका थिए।

विश्वकप विजेता टोलीका २३ मध्ये २१ जनासहित ३९ खेलाडीले संयुक्त विज्ञप्ति जारी गर्दै अझै आफूहरुले सुरक्षित महसुस नगरेको बताएका छन्। साथै उनीहरुको हड्ताल जारी रहने विज्ञप्तिमा उल्लेख छ। उनीहरुले रुबियालेसलाई कारबाही नभएसम्म राष्ट्रिय टोली बहिष्कार गरिरहने बताएका छन्।

संयुक्त विज्ञप्तिमा खेलाडीहरूले राष्ट्रिय टोलीमा उपस्थित नहुन आवश्यक कानुनी प्रभावहरूको अध्ययन गरिरहेको बताउँदै बहिष्कारको निर्णय आफ्नो भविष्य र स्वास्थ्यको लागि उत्तम भएको उल्लेख गरेका छन् ।

महिला नेसन्स लिगअन्तर्गत स्पेनले शुक्रबार स्विडेन र आगामी बुधबार स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP