Trending
समाज कारोबारसहित बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि खेल इरानले सन् २०२६ को विश्वकप नखेल्ने अन्तर्राष्ट्रिय हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण समाज जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु राजनीति उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक अन्तर्राष्ट्रिय निशानामा हर्मुज जल डमरु, कच्चा तेल आपूर्ति ठप्प हुने जोखिम समाज प्रहरीमाथि आक्रमण गर्ने एक युवालाई गोली हानेर समाते राजनीति हर्क साम्पाङले भने- ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो’ खेल भारत र न्युजिल्यान्डबिच आज आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त समाज आज ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस

कांग्रेस केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदन पेस, एक हजार उजुरी

काठमाडौं, साउन २९

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबार पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ ।

गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा पेस गरेका छन् ।

लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ ।

अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

कार्यकाल सकिएका पार्टी शुभेच्छुक संघ–संस्थाको अधिवेशन वा तदर्थ समिति बनाउने भन्ने विषयमा पनि जारी बैठकबाटै निर्णय हुनेछ ।

बैठकले यसअघि पार्टी अन्तरकालीन समिति बनाउनेबारे निर्देशिका पारित गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP