Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

हेटौँडामा एशियाली बुद्धिचाल प्रतियोगिता हुँदै

हेटौँडा : हेटौँडामा भोलिदेखि (बुधवार) ‘हेटौँडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ आयोजना हुने भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी १२० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए। अहिलेसम्म १०१ जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उनले बताए।

प्रतियोगिताका विजेताले १ लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए। यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुनेले २० हजार जित्नेछन्।

छैठौँदेखि दशौँ स्थानसम्मका प्रत्येक प्रतियोगीले १५ हजार रुपैयाँ, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगिता आयोजना गर्नमा करिब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए। स्वीस नियमअनुसार ९ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले १० हजार रुपैयाँ तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ।

प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले बेहोर्ने छ। प्रतियोगिता मङ्सिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP