Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने निर्णयको जनमोर्चाले गर्‍यो स्वागत

काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै जनमोर्चाले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्नेमा जोड दिएको छ। उक्त विषयमा नेपाली कांग्रेस, जसपा, नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो ।

७ वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ । नागरिकता नीति खुकुलो पार्नु देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि जनमोर्चाको ठहर छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP