Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई २ रनले हरायो


काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई झिनो अन्तरले हराएको छ।

अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्‍यो।

चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो।

हैदराबादका लागि युवा ब्याटर नीतिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय योगदान दिए।

अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोडे। पञ्जावका लागि अर्शदीप सिंहले ४ विकेट लिए।

१ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो। श्याम करनले २९ र सिकन्दर राजाले २८ रन जोडे। शशांक शर्माले ४६ र आशुतोष शर्माले १५ बलमा ३३ रनको विष्फोटक अविजित इनिङ खेले पनि हार टार्न सकेनन्। यो जोडीले अन्तिम ओभरमा २६ रन बनाए पनि पञ्जाव २ रनले पराजित हुन पुग्यो।

हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिए। यससँगै ५ खेलमा ३ जितसहित ६ अंक जोडेको हैदराबाद पाँचौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ।

आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP