Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एसीसी प्रिमियर कप : जितका लागि नेपाललाई १४४ रनको लक्ष्य


काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गर्न १४४ रनको लक्ष्य पाएको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएपछि नेपालले जितका लागि १४४ रनको लक्ष्य पाएको हो।

मलेशियाका ओपनर महमद आमिरले दिपेन्द्रसिंह ऐरीको बलमा कट एन्ड बोल्ड हुनुअघि १८ बलको सामना गरेर ३ चौकाको सहायताले १६ रन बनाए।

मलेशियाका लागि कप्तान वीरनदीप सिंहले कप्तानी पारी खेल्दै अविजित रहेर टोलीका लागि सर्वाधिक ७२ रन बनाए। उनले यसका लागि ५७ बल खेलेर ४ छक्का र ४ चौका प्रहार गरे।

शार्विन मुनियान्डीले ३३ बल खेलेर २ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन बनाए। अविनाश बोहराले १७औँ ओभरमा उनलाई बोल्ड गर्दा बल्ल मलेशियाको दोस्रो विकेट खसेको थियो।

पहिलो छैटौँ ओभरमा कुल ३५ को स्कोरमा मलेशियाको पहिलो विकेट खसालेको नेपालले १६औँ ओभरसम्म दोस्रो विकेट लिन सकेन। आज नेपालको बलिङ र फिल्डिङ केही फितलो देखिएको थियो।

सैय्यद अजिजका रुपमा मलेशियाको तेस्रो विकेट खस्यो। १८औँ ओभरमा १२६ को कुल स्कोरमा मलेशियाको तेस्रो विकेट खस्यो। ७ बलमा १ चौका हान्दै ६ रन बनाएका अजिजलाई दिपेन्द्रसिंह ऐरीको बलमा कुशल मल्लले क्याच आउट गरे।

नज्मस सकिबले ५ बलमा अविजित ३ रन बनाए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट र अविनाश बोहराले १ विकेट लिए।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा हुँदै छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो।

डिफेन्डिङ च्याम्पियन नेपाल मलेशियालाई आजको खेलमा पराजित गर्दै सुखद शुरुआत गर्न चाहन्छ भने मलेशिया पनि नेपालविरुद्ध हारको शृंखला रोक्ने सुरमा छ।

टी-२० अन्तरराष्ट्रियमा हालसम्म यी दुईबीच ९ खेल भएका छन्। तीमध्ये नेपालले ८ र मलेशियाले एक खेल जितेका छन्।

एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP