Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भीमनारायण कप : एपिएफको विजयी सुरुवात


धनकुटा : विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबले सहिद भीमनारायण गोल्डकप प्रतियोगिताको १६ औँ संस्करणमा विजयी सुरुवात गरेको छ। मोरङ्गको चारतारे युथ क्लबलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो। आइतबार वर्षाले गर्दा खेलमैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको दोस्रो हाफको खेलमा कुनै पनि गोल नभएपछि एपिएफ विजयी भएको हो।

एपिएफले आइतबार भएको पहिलो हाफको पहिलो मिनेटमा लिएको अग्रता नै खेलको निर्णायक गोल बनेको छ। पहिलो हाफको पहिलो मिनेटमा पाएको पाएको कर्नरको सदुपयोग गर्दै एपिएफले अग्रता लिएको हो। एपिएफका बुद्धिमान राईले प्रहार गरेको कर्नर बललाई सुमन श्रेष्ठले हेडमार्फत गोल गरेका थिए। पहिलो गोल खाएपछि केही आक्रमक खेल खेल्ने प्रयास चारतारेका खेलाडीले गरे पनि एपिएफका डिफेन्सले कुनै मौका दिएनन्।खेलको म्यान अफ द म्याच एपिएफका सुमन श्रेष्ठ घोषित भए। पराजित भएसँगै चारतारे युथ क्लब घर फर्किएको छ।

प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो विभागिय टीम त्रिभुवन आर्मी क्लब काठमाडौं र साविक विजेता बिर्तामोड युनाइटेड क्लब झापा बीच खेल हुने आयोजकले जनाएको छ। योपटक दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आगामी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेआयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।

२०५५ सालमा सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP