Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने अवस्था देखिएको हो ।

यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने भएका छन् । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उहाँको भनाइ छ ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP