कारणबिनै औषधिजन्य सामग्री जफत भए आन्दोलन गर्छौं : औधधि व्यवसायी


काठमाडौँ : कानूनअनुसार औषधि बेच्दा पनि सरकारले जफत गरेको आरोप लगाउँदै औषधि व्यवसायीले यसविरुद्ध आन्दोलनमा उत्रने धम्की दिएका छन्।

मंगलवार काठमाडौँमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरु नै बेच्दा पनि औषधि जफत गरिएको भन्दै विरोध गरेका हुन्।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि छ भने जफत गर्न पाइने भन्दै विभागले कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको औषधि जफत गर्नुले औषधि व्यवसायी पसलमा ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको चेतावनी दिए।

विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिकार कसको पर्छ भन्दै उनले प्रश्न गरे। उनले औषधि अनुगमनको क्षेत्र महानगरको पर्छ कि पर्दैन भनेर काठमाड‍ौँ महानगरपालिकालाई प्रश्नसमेत गरे।

‘औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ। पसलभित्र अर्को कुराको व्यापार भयो भने त्यो स्वीकार्य छ। विभागले हाम्रा साथीहरुको सामान जफत गरेको छ‚’ उनले भने, ‘हामीलाई कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको सामान जफत गरेर राख्दा हामीलाई दुःख लागेको छ। महानगरको कार्यक्षेत्र औषधि क्षेत्रमा पर्छ कि पर्दैन। यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनै पनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे।

उनले विभागका कर्मचारीले अनुगमनका क्रममा फार्मेसीहरुमा बेच्न पाइने बाहेकका औषधि राखेको भएमात्रै जफत गरेको दावी गरे। उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिन नहुने र त्यसमा विभागले ध्यान दिने बताए।

‘औषधि ऐनले कुनै पनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेको छ। पेशा व्यवसाय गर्नको लागि व्यवसायीको व्यवस्था गरेको छ‚ त्यो फार्मासिस्ट वा व्यवसायी होला‚’ उनले भने, ‘तर कहिलेकाहीँ त्यो अनुपस्थित हुनसक्छ। कतै पनि निरीक्षणका क्रममा जानेबित्तिकै ताल्चा लगाएको छैन। औषधि बेच्न बनेको फर्ममा अन्य वस्तु राखेको भए त्यो हामीले छोड्न मिल्दैन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP