सुपर एटको समीकरण पूरा


काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा ‘सुपर आठ’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ। यो सँगै ’सुपर एट’ समीकरण पुरा भएको छ। सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर आठमा प्रवेश गर्यो।

विश्वकपको सुपर एटमा समूह ’ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाए।

त्यस्तै समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ’डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए। अब सुपर आठको १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर आठको २ नम्बर समूमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन्।

हरेक समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP