
काठमाडौं : श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन्।
हालै सम्पन्न आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन्।
टी–ट्वेन्टी विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो। राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। श्रीलंका टोलीले यसै महिना भारतसँग तीन टी–ट्वेन्टी र एकदिवसीय शृंखला खेल्दैछ।
उक्त खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ। हसरंगाको कप्तानीमा श्रीलंकाले १० टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेकामा ६ खेलमा जित निकालेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया