Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने


काठमाडौँ : नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ सर्वोच्च अदालत नजाने भएकी छन्। बलात्कार मुद्दामा पाटन उच्च अदालतले निर्दोष ठहर गर्दै सन्दीपको मुद्दामा पूर्ण पाठ आएसँगै उनलाई माथिल्लो अदालत जाने बाटो खुलेको थियो।

तर गौशाला-२६ ले आफ्नो मुद्दा सर्वोच्चमा नलग्दिन आग्रह गर्दै सरकारी वकिललाई निवेदन दिएको स्रोतले बतायो। सरकारी वकिलले उनलाई मुद्दाको पूर्णपाठ हेरेर जाने नजाने निर्णय गर्ने जानकारी दिएका थिए।

स्रोतका अनुसार पीडितले माथिल्लो अदालतमा नजाने भने पनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ। सामान्यतया पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्च अदालतमा पुग्ने सम्भावना कमजोर रहन्छ।

सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको स्रोतले जानकारी दियो। हस्तलिखित निवेदनमा उनले आफ्नो अवस्थाको फाइदा लिने उद्देश्यले केही संस्था र व्यक्तिहरू निरन्तर लागेकाले मुद्दालाई अघि नलान आग्रह गरिएको जनाइएको छ।

उनले पत्रमा सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्न चाहेको उल्लेख गरेकी छन्।

गौशाला-२६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गरेको थियो। तर उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP