Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लिग-२ अभ्यास : वर्षाले श्रीलंकासँगको दोस्रो खेल पनि रद्द


काठमाडौँ : पानी परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु श्रीलंका डेभलपमेन्ट–११ बीचको दोस्रो अभ्यास खेल पनि हुन नसकी रद्द भएको छ।

आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक शृंखला अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा रहेको छ।

यसअघि वर्षाकै कारण (हिजो) (मंगलवार) खेल्ने तय भएको पहिलो अभ्यास खेल पनि टससमेत हुन नसकेर रद्द भएको थियो। ३ वटा अभ्यास खेल खेल्ने तालिका रहेकोमा नेपाली टोलीले अब शुक्रवार एउटा अध्यास खेल खेल्नेछ।

यसअघि नेपाली टोलीले भारतको बंगलुरु नेशनल क्रिकेट एकेडेमी (एनसीएमा) मा २ साता प्रशिक्षण र तयारी गरेको थियो। रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय नेपाली राष्ट्रिय टोली श्रीलंका भ्रमणमा गएको हो।

टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।

श्रीलंकाको अभ्यासपछि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP