Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गण्डकी प्रदेश स्तरीय छेलो फाल्ने प्रतियोगिताको विजेता बने पर्वतका किरण


पर्वत : जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको गण्डकी प्रदेश स्तरीय छेलो फाल्ने प्रतियोगिताका विजेता पर्वतका किरण सुनार बनेका छन्।

परम्परागत खेल संरक्षण अभियानअन्तर्गत प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पर्वतको कुश्मा नगरपालिका–१२ स्थित ठूलीपोखरीमा आयोजित बाटुलेचौर तीज मेलाको अवसरमा प्रतियोगिता राखिएको थियो। जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका अनुसार किरणले आफ्ना ३७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजेता बनेका हुन्। उनले १६.६० मिटरको दूरी छेलो हुत्त्याउन सक्दा दोस्रो बनेका मिलन विकले १४.७५ मिटर र तेस्रो बनेका शुभाष क्षेत्रीले १४.७१ मिटर दूरीमा छेलो प्रहार फाले।

पहिलो स्थान प्राप्त गरेका किरणले नगद १० हजार, दोस्रो बनेका मिलनले सात हजार र तेस्रो बनेका शुभाषले पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश खेलकुद परिषद् गण्डकीका महाशाखा प्रमुख रामप्रसाद आचार्य, परिषद्का सदस्य एवं परम्परागत खेलका संयोजक योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP