Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

डोटीका पत्रकार तेज खड्काको निधन भएको दुई वर्षपछि पुष्टि

डोटी – डोटीका पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि आज निधन भएको पुष्टि भएको छ । 

दुई वर्ष अगाडि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहनुभएका पत्रकार तेजबहादुर खड्काको निधन भएको पुष्टि भएको हो । 

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोलीले सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको वर्ष विसं २०७६ साल मङ्सिर महिनामा बाजुराको बढी नन्दामा कङ्काल भेटिएको थियो ।

भेटिएको मानव कङ्काल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणपछि कङ्‍काल पत्रकार तेजबहादुर खड्काकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्ययालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताउनुभयो ।

बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा त्यसको एक वर्षपछि मङ्सिर महिनामा दुई वटा करङ, झोला र आइडी कार्ड भेटिएको थियो ।पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भइ रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रुपमा काम गर्दै आउनुभएको थियो । 

खड्का रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रीय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहनुभएको थियो । उहाँ विसं २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता हुनुभएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP