Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एभरेष्ट महिला भलिबल : ललितपुर र कर्णाली आज उपाधिका लागि भिड्ने


काठमाडौं : एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दैछन्।

यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले लिग चरणका सबै पाँचवटा खेलमा जित निकालेर १३ अंक जोडेको छ।

उसको प्रतिद्वन्द्वी ललितपुर क्विन्सले भने पाँचमध्ये ३ खेलमा जित निकालेर १० अंक जोडेको छ। समान तीन खेलमा जित निकालेको काठमाडौं स्पाइकर्सलाई एक अंकले पछि पार्दै ललितपुरले फाइनल भिडन्त पक्का गरेको हो। यो खेलमा कर्णाली अपराजित यात्रालाई निरन्तरता दिँदै उपाधि चुम्ने लक्ष्यमा हुँदा ललितपुर क्विन्स भने अघिल्लो हारको बदला लिने लक्ष्यमा हुनेछ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगितामा सहभागी ६ टोलीमध्ये काठमाडौं तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो भने चितवन शक्ति र गण्डकी चौथो र पाँचौ स्थानमा रहे। सबै खेलमा पराजित भएको मधेश युनाइटेड भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP