Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

डुसान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपालको समय अनुसार साँझ पौने सात बजे हुनेछ।

नविन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो पहिलो खेल हो। प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै न्यौपानेले आक्रमक फुटवल खेल्ने बताएका छन्। करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको हो।

बलियो टोलीविरुद्ध पाएका अवसरलाई सदुपयोग गर्दै सकारात्मक नतिजा निकाल्ने न्यौपानेको योजना छ।

कप्तान किरण चेम्जोङले शारिरीक र प्राविधिक रुपमा अब्बल ताजकिस्तानविरुद्ध आफुहरु मानसिक रुपमा खेल्न तयार रहेको प्रतिकृया दिए। नेपालले ताजकिस्तानसँग यसअघि खेलेका तीनै खेलमा हार बेहोरेको थियो। नेपाल पाँच महिनापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्दैछ।

गत जेठमा भएको फिफा विश्वकप छनौट अन्तर्गत यमनसँग नेपालले २–२ गोलको बराबरी खेलेको थियो।

ताजकिस्तान भने एसीयन कप २०२३ को क्वाटरफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा नेपाल १ सय ७६ र ताजकिस्तान एक सय पाँचौ स्थानमा छ। थ्री नेशन्स कपमा नेपाल ताजकिस्तानसहित अफगानिस्तान सहभागी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP