Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस हुँदै

काठमाडौँ : स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा आगामी मंसिर ११ देखि १५ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछन्। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यू–१६, गर्ल्स सिंगल्स यू–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको मुख्य प्रायोजकमा खेलकुदप्रेमी सुमन खड्गी छन्। सहप्रायोजकमा दि हाण्डीक्राफ्ट तथा खेलकुदप्रेमी रवि धाख्वा छन्।

प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र क्लोडिङ्ग पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन्। पत्रकार सम्मेलनमा आयोजक र सहप्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। प्रतियोगितामा ४५० जना खेलाडीले चुनौती दिनेछन्।

प्रतियोगिताको मेन्स/वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष ३ खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ।

मेन्स/वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष ३ (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ६ सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछन्।

१६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने आयोजकको भनाइ छ।

मेन्स/वुमेन्स सिंगल्स तथा १६ वर्षमुनि ब्वाइज सिंगल्स गर्ल्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP