Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने १० क्लबको अडान

काठमाडौं : बी डिभिजन लिगका १४ मध्ये १० क्लबले ३ वर्षअघिको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने अडान लिएका छन्।

सहिद स्मारक बी डिभिजन लिग मिति सार्वजनिक भएको एक साता नबित्दै १० क्लबले अखिल नेपाल फुटबल संघ एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन्। उनीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बक्यौता रकम नपाएसम्म लिग नखेल्ने लडान लिएका हुन्।

मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबीचको बैठकले माघ १३ गतेबाट बी डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले मंसिर २१ गतेभित्र क्लब दर्ता गर्ने र पुस १३ गते तालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो।

अन्नपूर्ण क्लब, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज, नयाँबस्ती युथ क्लब, विरगन्ज युनाइटेड, टुसाल युथ क्लब, ब्वाइज युनियन, च्यासल युथ क्लब र झापा फुटबल क्लबले बक्यौता रकम माग गरेका हुन्।

बी डीभिजन लिग पछिल्लो पटक ३ वर्षअघि भएको थियो। सो संस्करणको च्याम्पियनको रुपमा चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको थियो। एन्फाले २०७८ सालमा सम्पन्न लिगको टिम तयारी बापत पाउनु पर्ने रकम अहिलेसम्म नदिएको असन्तुष्ट क्लबहरुको गुनासो छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP